नि:शुल्क खाने लोभमा नाम नबदल्न आग्रह



ताइपेइ,(एजेन्सी)

ताइवानी सरकारले एउटा रेस्टुरेन्टको निशुल्क सुसी प्रवर्धनको फाइदा लिनका लागि वैधानिक रुपमा आफ्ना नाम फेरेर ‘सालमोन ’ नराख्न आफ्ना जनतालाई आह्वान गरेका छन् । ताइवानको आन्तरिक मामिला मन्त्रालयले झण्डै एक सयजना मानिसले मुलुकको प्रचलित नाम कानुन अनुसार सो प्रवर्धनको फाइदा लिन आफ्ना नाम परिवर्तनका लागि निवेदन दर्ता गरेको जनाएको छ । रेस्टुरेन्ट चेन सुसिरोले चिनियाँ शब्दमा कुनै माछाको नामसंग मिल्न आउने आफ्नो नाम राख्ने ग्राहकहरुलाई निशुल्क सुसी ख्वाउने वाचा गरेको थियो ।

ताइवानमा आधिकारिक परिचय पत्र प्राप्तिका लागि यस रेस्टुरेन्टले आफ्ना ग्राहकलाई जुनसुकै तरिकाले भएपनि आफ्नो प्रवद्र्धन कार्यक्रममा भाग लिन लगाउनु थियो । त्यसेले यसले आफ्ना ग्राहकहरुलाई नाम फेर्न प्रेरित गरिरहेको हो ।

मन्त्रालयले नाम कानुनअनुसार जोकोहिले विनकालमा तीन पटक मात्र आफ्नो नाम फेर्ने अधिकार भएको र यसरी सामान्य फाइदाको लोभमा परेर नाम फेर्दा कोहि कोहि जिन्दगीभरी सोही नाममा झुण्डिनुपर्ने स्थिती पनि आउनसक्ने चेतावनी दिएको छ । सुसी भातबाट बनाइने एक प्रकारको जापानी परिकार हो ।

प्रतिक्रिया दिनुहोस्