गैँडा संरक्षणमा सबैले एकजुट हुनुपर्छ : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले छिमेकी मुलुक भारत र नेपालमा मात्रै पाइने लोपोन्नमुख अवस्थामा रहेका एक सिङे गैँडा संरक्षण गर्नका लागि सबैले एकजुट हुँनु पर्ने बताउनु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले आज चितवनको सैराहमा आयोजना गरेको एक कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले गैँडा संरक्षणका लागि सबै स्थानीय तह, कर्मचारी तथा आम नागरिकले एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुद्धको देश, सगरमाथाको देश भनेर चिनिएको नेपालमा अब एक सिङे गैँडाको देश भनेर चिनाउनु पर्ने अवस्था छ, गैँडा जोगाउन हामी सबै तह, तप्का र आम नागरिकले लाग्नु पर्छ ।”यसैगरी मन्त्री आलेले गैँडा चारी–शिकारीमा संलग्न तस्करहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन समेत सम्बन्धित निकायलाइ निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो, “गैँडा भनेको हाम्रो देशको गहना हो, त्यसको चारी–शिकारीमा संलग्न हरुलाई हदै सम्मको कारवाही गरिनु पर्छ, देशको गहना नास गर्नेलाई कुनैपनि हालतमा छुट दिनु हुँदैन् ।” यसैगरी मन्त्री आलेले एक सिङे गैँडा नेपालको चितवन, बर्दिया, कञ्चनपुर तथा पर्सामा मात्रै पाइने भएकाले विषेश गरी त्यहाँका नागरिकले गैँडा संरक्षणका लागि चनाखो हुँनु पर्ने कुरामा जोड दिनुभयो । कोरोनाका कारण काठमाडौँ स्थित सदर चिडियाखानामा रहेका वन्यजन्तुका लागि आहारको समस्या भएकाले सम्माननीय प्रधानमन्त्री ज्युले गैडाको लागि एक महिनाको खाना खर्च व्यवस्थापन गर्नु भएकोले सबै इच्छुक नागरिक, बित्तिय संघ संस्थाहरुले पनि वन्यजन्तुको आहारका लागि सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो ।

यसैगरी वनमन्त्री आलेले चिडियाखानाको हात्तीको आहारको लागि व्यक्तिगत तर्फबाट केही रकम दिएको जानकारी दिनुभयो ।गैँडा बढी जसो चितवन तथा पर्सा जिल्लाका निकुञ्जहरुबाट तरुकरले चारी–शिकारी गर्ने भएकाले ती क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको बताउँदै चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले थप भन्नुभयो, “गैँडा चारी–शिकारी हुँनबाट रोक्न नियमित अनुगमन तथा गस्ति गर्नुस, तस्करहरुलाई कानुनी दायरामा ल्याउनुस् ।”

उक्त कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले नेपालमा हाल सम्म १२१ वटा गैँडा मारिएको जानकारी दिनु भएको थियो । उहाँका अनुसार ६ वटा चारी–शिकारीबाट मारिएका तथा अन्य ११५ वटा बिभिन्न रोग र प्रकृति प्रकोपका कारण मरेका छन् । गएको वर्ष गरिनु पर्ने गैँडा गणना कोरोनाका कारण रोकिएकोले यो वर्ष सुरु गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालले जानकारी दिनुभयो ।

नेपालमा सन् १९९४, २०००, २००८, २०११ तथा २०१५ मा राष्ट्रिय गैँडा गणना गरिएको थियो । एक सिङे गैँडालाइ आइयुसियनले भ्यालुयवल प्रजातीको सूचीमा राखेको छभने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सुचीकृत छ । आजबाट सुरुवात गरिएको गैँडा गणना कार्यक्रम कम्तिमा पनि २२ देखि २५ दिन लाग्ने तथा वैशाख पहिलो साता सम्म तत्थ्याङ्कसार्वजनिक गर्ने लक्ष लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।

गैँडा गणनाका लागि ४० वटा हात्ति तथा २०० जना अन्य कर्मचारी परिचालन भएका छन् । परिचालन भएकाहरुमा तालिम प्राप्त गणक ६० जना र अन्य हात्ति सँग सम्बन्धित व्यक्ति रहेका छन् । अघिल्ला वर्षहरुमा गैँडा गणना कार्यमा संरक्षण सहयोगी संस्थाहरुको आर्थिक सहयोगमा हुँने गरेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा गैँडा गणनाको लागि नेपाल सरकारबाट रु एक करोड १० लाखको बजेट बिनियोजन भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

सन् २००० मा गरिएको गैँडा गणना अनुसार नेपालमा कुल ६१२, सन् २००८ मा ४३५, सन् २०११ मा ५३४, सन् २०१५ को गणना अनुसार ६४५ वटा गैँडा रहेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य बासस्थानका रुपमा रहेको बताइएको छ । सन् २०१५ को तत्थ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडाहरु रहेको सो कार्यक्रममा जानकारी गराइएको थियो । गैँडा चारी–शिकारीमा सलग्नलाई कानुनी दायरामा ल्याउन सफल भएका नेपाली सेना, नेपाल प्रहरीको सिआइबीका कर्मचारी तथा गेम स्काउटहरुलाई आज नगद पुरस्कार, प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्