ट्राफिकले १० हजारको चिट काटेपछि व्यवसायीले रोडमै तेर्साए गाडी (तस्वीरसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

ट्राफिकले चिट काटेपछि आक्रोशित यातायात व्यवसायीले नयाँ बसपार्कको रोडमै गाडी तेर्साएका छन् ।

यात्रुसँग बढी भाडा लिएको भन्ने उजुरी परेपछि ट्राफिकले १० हजारको चिट काटेको थियो । सडक बन्द भएपछि सार्वजनिक गाडीमा यात्रा गरेका यात्रुहरु मर्कामा परेका थिए । यातायात व्यवसायीले भने कुनै गल्ती नगरी नै ट्राफिकले चिट काटेको बताएका छन् । उनीहरूले बिहान १० बजेपछि १५ मिनेट सडक बन्द गराएका थिए ।

तस्वीर : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्