राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । बंगलादेशका राष्ट्रपति एवम् समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज विहान नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता लगायत विविध समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।भ्रमणको क्रममा राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने र कार्यक्रममा भण्डारी नेपाल-बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग दुईपक्षीय विषयमा कुराकानी गर्नेछिन् ।

 

प्रतिक्रिया दिनुहोस्