मेल्बर्नमा क्रिकेटको चहलपहल फेरि शुरु, भिएनसीएले टि-१० च्याम्पियनसिप गर्दै



न्युज अफ नेपाल काठमाडौं ।

न्याभकप सकिएको केही हप्ता मात्रै हुँदै गर्दा मेल्वर्नमा फेरी क्रिकेटको माहौल शुरु हुने भएको छ। भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसीएसनको आयोजनामा यहि मार्चको २७ र २८ मा एक्सपर्ट टि- १०  च्याम्पियनसिपको तेस्रो सँस्करण हुने भएको छ।

द हिमालयन क्लब जाइन्ट्स, द हिमालयन क्लब टाईटन्स, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, गोर्खाली क्रिकेट कलब, एक्सपर्ट सगरमाथा ब्लुज, रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज वेरियर्स गरेर आठ टिमले सहभागीता जनाउने प्रतियोगिता फेयरबेन पार्क एस्कटभेलमा हुने छ।

प्रतियोगिताको विजेता टिमले मेलबर्नमा आयोजना हुने नेपाली समुदाय क्रिकेट मध्ये सर्वाधिक पुरस्कार राशि ३ हजार अस्ट्रेलियन डलर पाउनेछ। यस्तै उपविजेता टोलिले ५०० अस्ट्रेलियन डलर पाउनेछ।

प्रतियोगितालाई बुद्ध ट्राभल्स, थ्रीआरजे हंग्री आइज, एभरेस्ट ड्राइभिङ, डाईनास्टि होम्स, लालीगुराँस इन्टरप्राइजेज, एमएनटिभीले प्रायोजन गरेको छ।भिएनसीएको स्थापना केही बर्ष पहिले भिक्टोरीयाको नेपाली समुदाएमा क्रिकेट लगाएत अन्य खेलहरुलाई समृद्ध तुल्याउने दृस्टीकोण सहित संस्थाको विकास गर्न र युवा र उदीयमान खेलाडीहरूलाई उचीत अबसर दिने हेतुले खोलिएको सँस्था हो।

 

 

प्रतिक्रिया दिनुहोस्