सिटी एफएकपको सेमिफाइनलमा



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्ल्यान्डको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता एफएकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको क्वार्टरफाइनल खेलमा सिटीले प्रिमियर लिगकै अर्का प्रतिस्पर्धी एभर्टनलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै उपाधितर्फ अघि बढेको हो ।

गुडिसन पार्कमा भएको सो खेलमा एभर्टनले खेलमा थुप्रै पटक अवसर बनाए पनि सिटीको रक्षापंक्ति तोड्न नसक्दा हारको सामना गर्नुप¥यो ।निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा सिटीले दुवै गोल खेलको अन्त्यतिर गरेको थियो । सिटीका लागिपहिलो गोल खेलको ८४औं मिनेटमा इकाए गुन्डोगानले गरेका थिए । त्यसपछि खेलको अन्तिम मिनेट ९०औं मिनेटमा केभिन डे ब्रुयेनेले दोस्रो गोल थपेपछि खेल सिटीले २–० ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्