आमालाई आफैंले दागबत्ती दिइन् मौसमीले



अभिनेत्री तथा निर्मात्री मौसमी मल्ल सेन ठकुरीलाई मातृ शोक परेको छ।दम र मधुमेह रोगबाट पीडित उनकी आमा भद्रकुमारी सेनको उपचारका क्रममा चितवनको भरतपुुरको एक अस्पतालमा निधन भएको नृत्य निर्देशक गोविन्द राईले नेपाल समाचारपत्रलाई जानकारी दिए।

आमाबाबुकी एकमात्र सन्तान मौसमीले आइतबार दिउँसो पिठुवा नदीमा आफैं दागबत्ती दिएर आमाको अन्त्येष्टि गरिन्।मौसमीले बाबु चोपबहादुर मल्लको निधनपछि पनि आफैंले उनको अन्त्येष्टि गरेकी थिइन्। काठमाडौंमा बसोबास भए पनि मौसमी पछिल्लो समय आमाको हेरचाहका लागि माइती जिल्ला नवलपरासीको कावासोतीस्थित हात्तीखोरमा रमाइलो भँन्साघर तथा रिसोर्ट सञ्चालन गरेर आमासँगै बस्दै आइरहेकी थिइन्। उनकी आमा ८७ वर्षकी थिइन्।

प्रतिक्रिया दिनुहोस्