मनोरञ्जन विधामा ४ दर्जन अवार्ड प्रदान शम्भुजितलाई संगीत साधना सम्मान



नोरञ्जन क्षेत्रका विभिन्न विधामा ४ दर्जनलाई विभिन्न अवार्ड र सम्मान प्रदान गर्दै राजधानीमा नेसनल इन्टरटेन्मेन्ट अवार्ड–२०२१ सम्पन्न भएको छ।क्रियटिभ इनसाइट मिडियाले आयोजना गरेको कार्यक्रममा फिल्म, संगीत, फेसन, पर्यटन, संस्कृति, सौन्दर्यकला जस्ता विधामा अवार्ड प्रदान गरियो।

समारोहमा ख्यातिप्राप्त संगीतकार शम्भुजित बास्कोटालाई संगीत साधक सम्मानबाट सम्मानित गरिएको छ। बास्कोटलाई साँढे चार दशकभन्दा लामो समयदेखि हजारौं गीतमा उत्कृष्ट संगीत दिएर योगदान गरेबापत उक्त सम्मानबाट सम्मानित गरिएको आयोजक सूर्य चन्दले बताए।बास्कोटालाई सम्मान गरिँदा समारोहका सहभागीहरुले लगातार ताली बजाउँदै उठेर सम्मान व्यक्त गरेका थिए। त्यसै गरी नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय पत्रकारिता सम्मान तथा अर्का पत्रकार कृष्ण भट्टराईलाई विशेष पत्रकारिता सम्मानबाट सम्मान गरियो। सो अवसरमा पत्रकार माधव अधिकारी र अरविन्द गौतमलाई पनि सम्मान गरिएको थियो।

समारोहमा फेसनतर्फ अश्विनीकान्त झालाई सर्वोत्कृष्ट पेजेन्ट तथा फेसन कोरियोग्राफर, निशुकान्त झालाई सर्वोत्कृट पेजेन्ट डिरेक्टर, बालकृष्ण पोखरेललाई योङ इभेन्ट इन्टरपेनियर, रणधीर शाह र दुर्गा बिसुरालाई फेसन मोडल, इन्ता श्रेष्ठलाई फेसन डिजाइनर, काजल शर्मालाई फेसन डिजाइनर पपुलर अवार्ड, छिरिङ डोल्मा शेर्पालाई ब्युटी पेजेन्ट मोडल, शिलास्मा हमाललाई पपुलर फेसन मोडल र नाजिर हुसेनलाई एकेडेमी अफ द इयर फ्लाइटेक इन्टरटेनमेन्ट अवार्डका नाजिर हुसेनलाई प्रदान गरियो। फिल्मतर्फ जनकराज खकुरेल फिल्म देशप्रेमीबाट सर्वोत्कृष्ट फिल्म निर्देशक, दुर्गामाण्डूबाट माधवराज खरेल पब्लिक च्वाइस अवार्ड, म पर्खि बस्छुबाट विनोद श्रेष्ठ फिल्म कलाकार, शुभेच्छा थापा लक्ष्मी रानीबाट नायिका, अनु शाह क्रिटिक्स अवार्ड विजेता भए।

त्यसै गरी, संगीत विधाअन्तर्गत आधुनिक गीततर्फ पानी छर्किने बोलको गीतबाट सम्राट चौलागाईं सर्वोत्कृष्ट गायक, मैले रुदा बोलको गीतबाट अञ्जु पन्त गायिका र नागेन्द्र श्रेष्ठ संगीतकार, तिम्रो बानी परेछबाट दधि अधिकारी गीतकार, मैले रुदाबाट हिराकाजी थापा गीतकारतर्फ, मैले रुदाबाट हिराकाजी थापा जुरी अवार्ड र म्युजिक भिडियो निर्देशक, फूल सम्झेर रोएबाट समीर खान र मैले रुदाबाट समिक्षा पोखरेल म्युजिक भिडियो मोडल, मैले रुदाबाटै प्रवीण डिसी नव मोडल, घार्रघुर्रबाट गुणराज श्रेष्ठ र अनिता कुँवर युगल गायन, सोही गीतबाट हेमराज श्रेष्ठ युगल गीत संगीतकार, दिलको ड्राइभरबाट ईशा कार्की डायस्पोरा गायिका, माथि माथि सैलुंगेबाट देवकुमार थापा नवगायक, नबोली नबोलीबाट विधान कार्की म्युजिक भिडियो निर्देशकतर्फ जुरी अवार्ड, तिमी आयौबाट सन्तोष कटुवाल आधुनिक नवगीतकार, चिनो रुमालबाट अशोक अर्याल लोक आधुनिक गायक, मुग्लानी छातीमा देश दुख्छबाट सुष्मा देवकोटा राष्ट्रिय भावको गीतको गीतकार, चिनो रुमालबाट राजु अर्याल लोक आधुनिक संगीतकार, तिम्रो शहर आएकोबाट नारायण कोइराला र साँझ पखबाट मञ्जु थापा गायनतर्फ र ढुंगा कुँदेरबाट पुरुषोत्तम सानु गीतकारतर्पm क्रिटिक्स अवार्ड विजेता भएका छन्।

त्यस्तै खुचिङ खुचिङबाट मुकेशकुमार ठाकुर नवमोडलतर्फ जुरी अवार्ड, चिया बारीमाबाट रानी शाक्य पपुलर गायिक, हिँड कान्छीबाट जसबहादुर याख्खा पपुलर म्युजिक भिडियो निर्देशक, यो जुनी त तिम्रै होबाट सारा श्रेष्ठ पपुलर म्युजिक भिडियो मोडल, फोटो फिरिममाबाट रचना रिमाल पब्लिक च्वाइस अवार्ड, घैया मकैबाट रामशरण आले मगर काठे लोकदोहोरी गायक, हलेसी महादेवथानबाट युवक कार्की काठे लोकदोहोरी मोडल, घुम्न जाउबाट समिक्षा याख्खा कल्चरल म्युजिक भिडियो मोडल, सालीको गाउँबाट नीरप्रसाद गुरुङ सालैजो शब्दरचना, तिम्रो पियारमाबाट उमेश थापा मगर लोकदोहोरी भाका, कवेलीबाट प्रतीक्षा केसी लोकगायिका, सर्वोत्कृष्ट लोकदोहोरी गायिका, लाहुरबाट सञ्जु न्यौपाने लोकदोहोरी नवगीतकार अवार्ड विजेता भएका छन्।

समारोहमा अञ्जु बुढाथोकी र हाङ चेमजोङलाई राष्ट्रिय समाजसेवी सम्मान, रुकमणि आचार्यलाई व्यवसायी सम्मान, भानुभक्त ढुंगाना र रीना ओझालाई उद्यमी सम्मान, तेजेन्द्र शर्मा पौडेललाई पर्यटन व्यवसायी सम्मान, लिना डंगोललाई सौन्दर्यकर्मी सम्मान, मोहनकुमार हुमागाईं, सूर्यकला आचार्यलाई साहित्य सम्मान, सरिता आचार्य र क्रान्ति सुब्बालाई राष्ट्रिय नारी सम्मान, राजु गौली र आरती अधिकारी आचार्यलाई चलचित्रकर्मी सम्मान, भीमबहादुर पुडासैनीलाई राष्ट्रिय कला सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्