लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र



न्युज अफ नेपाल, काठमाडौं ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । आगामी चैत १४ गते सुन्दर नगरी पोखरामा हुने महाधिवेशन तिब्र रूपमा अगाडी बढ़ाईएको आईंतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

करिव ४ हजारको सहभागि रहने महाधिवेशन पोखराको प्रदर्शनी केन्द्रमा हुनेछ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नरमनबहादुर रोकाका अनुसार महाधिवेशनमा सहभागि हुन आउने मध्ये २ हजार ५ सयले हालसम्म रजिष्ट्रेसन गरिसकेका छन । गभर्नररोकाका अनुसार नया नेतृत्वसमेत चयन गर्ने यस महाधिवेशनमा डिष्ट्रिक्टका सबै उम्मेदवार सर्वसम्मत निर्वाचित हुनेछन ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन बर्ष २०२१र२२ का लागि डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य, फस्ट भाइस डिष्ट्रिक्टगभर्नरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा मनिश्री रत्न बज्राचार्यको एकल उमेदवारी परेको छ । उहाँहरू बिरूद्व कसैकोपनि उमेदवारी नपरेकाले तीनै जना स्वतः निर्विरोध निर्वाचित हुने गभर्नर रोकाले बताउनुभयो।

महाधिवेशनले लायन्स अन्तराष्ट्रियका आइडी इन्डोर्सिका उम्मेदवार बालकृष्ण बुर्लाकोटीले दिएको उमेदवारी पारित गर्दै मल्टिपलमापठाउने निर्णय गर्ने जनाइएको छ । जसले लायन्स अन्र्तराष्ट्रियको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त हुने गभर्नर रोकाको भनाई रहेकोछ ।

महाधिवेशन लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले आयोजना गर्दैछ । महाधिवेशन तयारीका क्रममा प्रि–रजिष्टेसन गर्ने कामभइरहेको कन्भेनर शिवराज आचार्यले जानकारी दिनुभयो। ‘कन्भेन्सन सफल बनाउन विभिन्न २८ वटा उपसमितिहरु बनाएर तयारीलाईतिब्र बनाएका छौं,’ उहाँले भन्नुभयो । प्रि(रजिष्टेसन गर्ने क्लबलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैबिच, महाधिवेशनको पूर्व संध्या चैत्र १३ गते काठमाडौंबाट पोखरासम्म कार -याली महाधिवेशनका दिन चैत्र १४ गते विहानपोखराको चिप्लेढुंगाबाट बाजागाजासहित शुरु हुने परेड नयाबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेर महाधिवेशन उद्घाटन शत्रमा परिणत हुनेआयोजकले जनाएको छ। सो दिन दिनभर रक्तदान कार्यक्रम हुनेछ भने सो अवसरमा पढाउ अभियान अन्तर्गत २ सय ८० जनाद्वारा स्थापित ४९० जनाछात्रछात्राहरुलाई शैक्षिक छात्रवृत्ति वितरण गरिने भएको छ ।

महाधिवेशन आयोजक क्लब लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजका अध्यक्ष बिजय पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममाडिष्ट्रिक्ट गभर्नरका उम्मेदवार हालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार् , डिष्ट्रिक्टचेयरपर्सन एवं महाधिवेशनका सदस्य सचिव शोभाकान्त पौडेल लगाएतले महाधिवेशनका विविध पक्षमा आआफ़ना भनाई राखेका थिए।

प्रतिक्रिया दिनुहोस्