कोरोनाबाट जोगिन मन्त्रालयको अनुरोध नेपालका नेताले मान्लान् ?



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोरोना भाईरसका बिरामीको परिवर्तित स्वरुप बढेसँगै नेपालमा पनि बढ्न सक्ने प्रवल सम्भावना रहेकाले हरेक नाकामा मलेरिया र कोरोनाको एन्टीजिन परिक्षणका लागि निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आईतबार सातै प्रदशेका स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक अस्पतालहरु, स्वासथ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालयहरु र सिमा नाकाका हेल्थ डेस्कहरु पत्राचार गर्नुभएको छ ।

डा.गौतमले भारतीय सीमाबाट नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दुहरुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको र्यापिड डाईग्नोस्टीक परिक्ष (आरडिटी) तथा सम्भव भए सम्म कोभिड १९ को एनलाईटिक परिक्षणको व्यवस्था मिलाउन समेत निर्देशन दिनुभएको छ ।

उहाँले सर्कुलर गर्नुभएको पत्रमा यस कार्यका लागि स्थानिय निकाय, अस्पताल, स्वासथ्य संस्था, तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न समेत औल्याउनुभएको छ । साथै क्वारेन्टाईन आदेश, २०७७ बमोजिमका वयवस्था समेत लागु गरि रोगका निगरानीलाई चुस्त दुरुस्त राख्न र पिसिआरु परिक्षण गर्न समेत निर्देशन दिनुभएको छ ।

आईतबारै जारी गरेको विज्ञप्तीमा पनि केही हप्ता देखि छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढ्दोक्रममा देखिएको छ । नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार बैंठक, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नु हुन र सामाजिक, भौतिक दुरी कायम गरि मास्को अनिवार्य र चित प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

विगतमा जस्तै साबुन पानीले हात हुने वा सेनिटाईजरको प्रयोग लगायतका मापदण्ड पालना गरि कोरोना संक्रम रोकथाममा सहयोग गर्न डा. गौतमले अनुरोध गर्नुभएको छ । तर देशकै प्रमुख जिम्मेवारी सम्हालेका सरकार प्रमुख, नेतागणहरुनै पछिल्लो समय सडक आन्दोलन, भेला, बैठक, सेमिनार जस्ता कार्यहरु गर्नेमा अब्बल देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्