अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता



NEW YORK CITY, USA – SEPTEMBER 26, 2019: Russia’s Ambassador to the USA Anatoly Antonov gives an interview to the TASS news agency. Valery Sharifulin/TASS ÑØÀ. Íüþ-Éîðê. ïîñîë Ðîññèè â ÑØÀ Àíàòîëèé Àíòîíîâ âî âðåìÿ ýêñêëþçèâíîãî èíòåðâüþ àãåíòñòâó ÒÀÑÑ. Âàëåðèé Øàðèôóëèí/ÒÀÑÑ

मस्को ।

संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किनु भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता हुनु भएको हो ।

रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतसँग परामर्श गर्न भन्दै उहाँलाई फिर्ता बोलाउनु भएको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले अघिल्लो साता एक अमेरिकी टेलिभिजनलाई दिनु भएको अन्तर्वार्तामा पुटिनलाई “हत्यारा” भन्नु भएको थियो ।

अमेरिका र रुसबीचको सम्बन्ध यसअघि नै निकै कमजोर स्तरमा पुगेको थियो । रुसले अमेरिकी राष्ट्रपतिको चुनावलाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको तथा रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई जेलमा पठाएको भन्दै अमेरिकी राष्ट्रपति बाइडेन आक्रोशित हुनु भएको छ ।

रुसी समाचार संस्थाका अनुसार अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभ आइतबार बिहान मस्कोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको थियो ।

मस्को प्रस्थान गर्नुअघि न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफू आवश्यकता अनुसार मस्कोमा रहने बताउनु भएको थियो । बताइए अनुसार उहाँ मस्कोमा आयोजना हुने विभिन्न बैठकमा सहभागी हुनु हुनेछ ।

मस्कोले आफ्ना राजदूतहरुलाई बिरलै स्वदेश फर्काउने गरेको छ । यसअघि सन् १९९८ मा इराकमा पश्चिमा मुलुकले गरेको हवाई आक्रमणपछि रुसले अमेरिकाका लागि आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई आफ्नो भूमिमा समाहित गरेको विरोधमा अमेरिकाले रुसमाथि कारबाही गर्ने धम्की दिएसँग राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्