सडकपेटीमा सुतिरहेका चौधरीको हत्या, एक पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं महानगरपालिका-१४ कलंकी थापागाउँस्थित सडक पेटीमा सुतिरहेका एक जनाको हत्या भएको छ । हत्या हुनेमा कलंकीको थापा गाउँ सडकपेटीमा बस्ने ५५ वर्षीय चौधरी भन्ने व्यक्ति रहेका छन् भने उनको हत्यामा संलग्न सिन्धुली सुनकोशी गाउँपालिकाका २१ वर्षीय दिनेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु दुवै जना सडकपेटीमा बस्ने गरेको र एकआपसमा झगडा परेपछि थापाले चौधरीलाई ढुंगाले हिर्काएर हत्या गरेको अनुसन्धानमा खलेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएकोे छ । ढुंगा लागेर घाइते भएका चौधरीलाई कलंकीस्थित सहिद अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएसँगै चौधरीको बिहान साढे ३ बजे मृत्यु भएको थियो ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्