स्याफ्रुबेसि सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध



सरस्वती न्यौपाने रसुवा ।

साङल्हामु राजमार्ग अन्तरगत को स्याफ्रुवेसि सडकखण्डमा गएराति सुख्खा पहिरो जादा सडक अवरूद्व भएको छ ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रुवेसि सडक खण्ड को वाह्र खण्ड को सडक अवरूद्व हुदा यातायात संञ्चालन हुन नसक्दा दैनिक काठमाडौं जाने सवारी साधन तथा चिनको केरूङबाट ल्याईएको सामग्री बोकेका कन्टेनरहरू समेत बाटोमा नै रोकिएका छन ।

सडकमा ठुला- ठुला चट्टान भएकाले छिटो भन्दा छिटो सडक खुलाउन स्काभेटर को प्रयोग गरि तत्काल नै सञ्चालनमा ल्याउन सडक डिभिजन सडक कार्यालयलाई निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्