टिपरको ठक्करबाट महिलाको मृत्यु



पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.१० चित्तपोलस्थित भित्री सडक खण्डमा आज टिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ । नलिन्चोकबाट चितापोल तर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली ट्रिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प. ८३९७ नं.को मोटरसाईकललाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाईकलको पछाडी सिटमा सवार सोलुखुम्बु दुधकुण्ड गाउपालिका वडा नं. ११ घर भई हाल काठमाडांै हात्तीगौडा बस्ने वर्ष ५९ की सिताकुमारी कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गंभीर घाईते कार्कीको उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाईकल चालक मृतकको छोरा वर्ष ३४ को प्रकाश कार्कीको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.१३ बस्ने वर्ष २३ को सुनिल तामाङ र दुवै सवारी साधन नियन्त्रणमा लिई दुर्घटनाको थप अनुसन्धान कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्