एमालेका पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका पाँच जना नेतालाई स्पष्टीकरण सोधिने भएको छ । शनिबार अध्यक्ष ओलीको नेतृत्वमा बालुवाटारमा बसेको बैठकले माधव नेपाल समूहका पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको र पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्