स्यालो ट्यबुवेलको माग बढ्दै



वाग्मती । आकाशे पानीको भरमा खेती गरिरहेको र अन्य सिँचाइका माध्यम नरहेको वर्तमान अवस्थामा सजिलोे एवं सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्युबवेलको माग बढ्दैै गएको छ । बारा, पर्सा र रौतहट जिल्लामा किसानद्वारा स्यालो ट्युबवेलको मााग बढ्दै गएको हो ।

पर्सा जिल्लामा रहेको भूमिगत जलस्रोत सिँचाइ विकास समितिको कार्यालय वीरगञ्जमा सो ट्युबवेलको जडानका लागि माग बढ्दै गएको जनाइएको छ । सङ्घीय सरकारद्वारा छ महीना अगाडि स्थापना भएको सो कार्यालयमा बारामा एक हजार २५६ स्यालो ट्यबुवेल, पर्सामा ४५६ स्यालो ट्युबवेल र रौतहटमा ६२० स्यालो ट्युबवेल जडानको माग भएको कार्यालय प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।

सो कार्यालयद्वारा उपभोक्ता समितिमार्फत हालसम्म बारामा ७६, पर्सामा ६७ र रौतहटमा १२६ वटा स्यालो ट्युबवेल जडान भई सिँचाइ सुविधा पु¥याइएको छ । प्रतिट्युबवेलको खरीद र जडानमा रु ६० हजार खर्च लाग्ने गरेको छ । एउटा ट्युबवेलमार्फत चार बिघा जमीन सिँचाइ हुने गरेको र त्यसको पानी पिउनसमेत प्रयोग हुने गरेको बाराका किसान बताउनुहुन्छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा बारामा ३६६, पर्सामा ४०० र रौतहटमा ४४६ वटा स्यालो ट्युबवेल जडान गर्ने लक्ष्य रहेको प्रमुख पौडेलले भन्नुभयो ।

यसैगरी भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीद्वारा रौतहट र सर्लाही जिल्लामा भूमिगत सिँचाइका माध्यमबाट सिँचाइ सुविधा पु¥याउनका लागि करीब रु ५६ करोडको लागतमा चालू आर्थिक वर्षमा डिप बोरिङ र स्यालो ट्युबवेल निर्माणको प्रक्रिया शुरु भएको सो कार्यालयले जनाएको छ । कार्यालयका निमित प्रमुख जयप्रकाश शाहका अनुसार सङ्घीय सरकारको रु २० करोड २५ लाख, प्रदेश नम्बर २ को सकारको रु १५ करोड ३४ लाख ३२ हजार र समृद्ध तराई कोषको तर्फबाट रु २० करोड २५ लाख बजेट प्रदान गरिएको छ ।

यसमा समृद्ध तराईको कोषअन्तर्गत डिपट्युबवेलतर्फ रु छ करोड १५ लाख र भूमिगत स्यालो ट्युबवेलतर्फ रु १४ करोड १० लाख रकम छुट्याइएको हो । डिपट्युबवेल निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया शुरु भइसकेको प्रमुख शाहले जानकारी दिनुभयो । पुरानो संरचाको मर्मत सुधार गर्नका लागि पनि प्रदेश सरकारले रु २० करोड २५ लाख रकम उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्