एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, खनाल-नेपाल समूह नजाने



न्यु अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा खनाल र नेपाल समूह सहभागि नहुने भएको छ ।

खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने निर्णय गरेको हो ।

‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ खनाल-नेपाल समूहको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्