प्रधानसेनापति थापा र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता



न्इुज अफ नेपाल, काठमाडौँ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो भेटवार्तामा थापा र भोल्कबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्