सल्यानमा आगलागी हुँदा २ घर जलेर नष्ट



सरिता चलाउने, सल्यान ।

सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका २ दानवाङमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

आगलागीबाट स्थानीय शुक बहादुर बुढा र खर्क बहादुर घर्तीको खरको छाना भएका दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानियका अनुसार जस्ता पाताले छाएको घरको एक तर्फको भाग जलेको छ ।

आगलागीबाट घरमा रहेको अन्नपात, लत्ता कपडा र शुक बहादुर को नगद १५ हजार र खर्क बहादुरको दुई लाख ५० हजार नगद र एब तोला सुन नष्ट भएको प्रहरी प्रमुख गोबिन्द थापाले बताउनु भयो । घरमा कोही नभएको समयमा अकस्मात आगलागी भएको उहाले बताउनु भयो ।

स्थानीय, नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएकाले अन्य घरहरु जल्नबाट जोगिएको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्