संसदमा नैतिकताको प्रश्न उठाउँदै कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसले नैतिकताको प्रश्न उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रजीनामा दिनु पर्ने माग राखेको छ ।

बैठकमा कांग्रेस नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिनु नैतिक दायित्वमा पर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् ।

‘असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ खाँडले भने ।

त्यस्तै, ओेली नेतृत्वको सरकार बनेदेखिनै निरन्तर रुपमा संविधानमाथि प्रहार हुँदै आएको बताउँदै खाँडले भने,’यो सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्दै आएको थियो । लोकतान्त्रिक व्यवस्थामा संसदबाटै सरकार बन्छ, सरकारले नै संसद, संविधानको रक्षा गर्नुपर्नेमा सरकार बनेकै दिनदेखि बिचार अभिव्यक्तिको स्वतन्त्रतालाई यो सरकारले प्रतिबन्ध लगाउने काम सुरु गर्यो ।’

प्रतिक्रिया दिनुहोस्