प्रतिनिधिसभामा ज्ञवाली : सरकारको बचाऊँ, प्रचण्ड र माधवमाथि प्रहार



न्युज अफ नेपाल, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकारको निर्णय संविधान विपरित नभएको दावी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै ज्ञवालीले ताजा जनादेशले सरकार र देश चलाउन सजिलो हुने देखिएकाले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकार निर्णय गलत नभएको दावी गरेका हुन् ।

‘ सर्वोच्चका फैसला अनुसार अहिले संसद चलिरहेको छ। सरकारको दृष्टिकोण थियो ताजा जनादेशले सरकार र देश चलाउन सजिलो हुन्छ,’ उनले भने ।

त्यस्तै, निश्चित व्यक्तिको पद स्वार्थका कारण अहिलेको राजनीतिक परिस्थिति सिजर्ना भएको बताउँदै उनले भने ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्दा अग्रगमन हुने, पदमा पुग्न नपाउँदा प्रतिगमन हुने, तर हाम्रा लागि काठमाडौंका काँकाकुलजस्तो परेका जनताले पानी खान पाउनुभन्दा ठुलो अग्रगमन अरू केही पनि हुन सक्दैन ।’

सर्वोच्चले प्रतिनिधि सभा पुन स्थापना गर्ने फैसला सुनाएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले खुसियाली मनाएकोमा आपत्ती जनाउँद ज्ञवालीले भने,’ सर्वोच्च अदालतले फैसला गरेपछि उनीहरु लड्डु खाएर बसे। हामीले दुवै मुद्दा हारेका छौं। हामीले न अदालतको विरोध गरेका छैनौं,’ ।

प्रतिक्रिया दिनुहोस्