डोटी कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परिक्षण



विमल विष्ट , डोटी ।

डोटी जिल्लामा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुको स्वास्थ्य जाँच गर्न थालिएको हो ।

सरकारी तथा गैर सरकारी कर्मचारीहरुमा काममा अल्छीपना, मोटोपना नहोस, स्वास्थ्य परिक्षणमा सबैले ध्यान दिउन भन्ने हेतुले उक्त अभियानको सुरुवात गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उदेश्य भनेको कर्मचारी स्वच्छ होउन भन्ने हो, त्यहि अनुसार अहिले हामीले कार्यालयमा गएर स्वास्थ्य जाँच गर्न थालेका छौँ ।”उता सुदूरपश्चिमप्रदेश सरकारले पनि “म हिड्छु, मेरो प्रदेश हिड्छ” भन्ने अभियान सुरुवात गरेसँगै डोटीमा सरकारी कार्यालयमा गएर कर्मचारीहरुको स्वास्थ्य परिक्षण अभियान सुरुवात भएको हो ।

उक्त अभियान अन्तरग पहिलो दिन आज डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भटराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतका जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कर्मचारीहरुको स्वास्थ्य परिक्षण अन्तर्गत ब्लड प्रेसर, मोटोपना, बीएमआई, ग्लुल्कोजको मात्रा, कोलीस्ट्रोन, केटीनाईन लगाएतका रोगहरुको परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक सूर्य विष्टले जानकारी दिनुभयो । जिल्लामा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको कर्मचारीको स्वास्थ्य जाँच अभियान फाईदा जनक रहेको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको स्वास्थ्य जाँच गर्नु भनेको रोम्रो कुरा हो, जसले गर्दा कर्मचारीहरुमा के समस्या छ भन्ने जानकारी हुँने तथा चाडो उपचार गर्न सहज हुने छ ।”

कर्मचारीको स्वास्थ्य जाँच अभियानको सुरुवातले प्रत्येक व्यक्ति स्वस्थ्य हुनुपर्छ, सक्रिय हुनुपर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिने गरेको जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य जाँचले राम्रो सन्देश दिएको छ, केके कुरामा ध्यान दिने र आफुलाई के भएको छ सहजै जानकारी लिन सकिन्छ ।” स्वास्थ्य परिक्षण टोलीमा ल्यावका कर्मचारी, नसर्ने रोग सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीसहभागि हुँने गरेका छन् । पहिलो चरण अन्तर्गत जिल्ला स्थित सरकारी कार्यालय र दिपायलमा रहेका संघ तथा प्रदेश सरकार मातहतका कार्यलयहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिन थालिएको बताइएको छ । यसैगरी आगामी दिनमा जिल्लाका नौवटै स्थानीयतहका स्वास्थ्य शाखाहरुको समन्वयमा जिल्ला व्यापी बनाउने योजना रहेको समेत जिल्ला स्वास्थ्य प्रमुख मलासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्