प्रदेश २ मा विद्युत् प्रणाली सुर्धान ठेक्का लाग्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

 प्रदेश नम्बर २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नम्बर २ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपिया“को ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेन्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ । आयोजनामार्फत् प्रदेश नम्बर २ मा पर्ने जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३÷११ केभी, १६ दशमलव ६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने छ । यसैगरी, ३३÷११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिनेछ । उक्त सबस्टेसनको क्षमता १४८ दशमलव ८ एमभीए हुनेछ ।यसका साथै प्रदेश नम्बर २का जिल्लामा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नया“ लाइन निर्माण गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत् सञ्चालित हुनेछ ।

प्राधिकरणका तर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुखहरु विमल चौधरी (लट १), रोशन खड्का (लट २ र ४), रन्धिर पाठक (लट ३) र अमित भगत (लट ५), लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनियहरु बसन्त नेपाल र विषम विनोद खनालले र टाटा प्रोजेक्टकातर्फबाट महाप्रबन्धकहरु श्यामनारायण मित्तल र मनोजकुमार पटनायकले हस्ताक्षर गर्नुभएको छ । आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९ सय दिन अर्थात ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

काम सम्पन्नपश्चात प्रदेश नम्बर २ को समग्र विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र घरायसी ग्राहकले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताउनुभयो । उहा“ले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । निर्धारित समयभन्दा पहिले नै सक्ने लक्ष्यका साथ काम अगाडि बढाइने टाटा प्रोजेक्टका आयोजना प्रमुख सन्दिप कुमारले प्रतिबद्धता जनाउनुभयो । आयोजनाबाट प्रदेश नम्बर २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्