बैतडीका वडाअध्यक्ष महिलासँग रंगेहात होटलमा भेटिए



न्युज अफ नेपाल ,बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद रुपमा भेट्टिएका छन् । शंकास्पद रुपमा भेट्टिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवै जना गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको छ । उनीहरु दुबैजना सँगै कोठामा रहेको भन्ने सुराकी वडाअध्यक्ष महराकी श्रीमती बिमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी हुन ।शंकास्पद रुपमा भेट्टिएका दुबैजनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । उनले भने ,“दुबैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं, जिल्ला ल्याइदैछ” थप बुझ्छौं,अहिलेनै सबै कुरा भन्न सकिने अवस्था छैन्, पार्टीको काम भएकोले सँगै कोठामा बसेको भन्ने छ” । वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस्