बलराम बानिया स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना



मिला दरै, तनहुँ ।

नेपाल प्रेस युनियन तनहुँले पत्रकार बलराम बानियाको स्मृतिमा पुरस्कारको लागि अक्षयकोष स्थापना गर्ने कार्यको शुरुवात गरेको छ । पत्रकार बानियाका दाजु तथा भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाले २० हजार रुपिया प्रदान गरेर अक्षयकोष स्थापनाको शुरुवात गर्नुभएको छ । पत्रकारितामा ठूलो योगदान दिनुभएका पत्रकार बलराम बानियालाई पत्रकारिता पुरस्कारको माध्यमबाट जिवन्त राख्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।

वडाध्यक्ष बानियाले उक्त रकम मंगलबार नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई हस्तान्तरण गर्नुभएको छ । वडाध्यक्ष बानियाले रकम प्रदान गरी अक्षयकोषमा जम्मा गर्ने कार्यको शुरुवात गर्नुभएको हो । वडाध्यक्ष बानियाले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापनाका लागि कार्यको शुरुवातले बलरामलाई जिवन्त राख्ने बताउनुभयो ।अध्यक्ष नहर्कीले अक्षयकोषको लागि परिवारकै तर्पmबाट साथ, सहयोग हौंसला र रकम समेत प्रदान गर्नुभएकोमा वडाध्यक्ष बानियालाई धन्यवाद दिनुभएको थियो । पत्रकारिता क्षेत्रबाट समाज परिवर्तनको लागि विशिष्ट योगदान पु¥याएका प्रेस युनियन तनहुँले सिफारिस गरेको एक जना पत्रकारलाई अक्षयकोषबाट आएको ब्याजबाट पुरस्कार प्रदान गरिनेछ ।अक्षयकोषको लागि परिवारजनहरुको सल्लाह अनुसार प्रेस युनियन अध्यक्ष नहर्कीको संयोजकत्वमा तीन सदस्यीय अक्षयकोष निर्माण समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा बाबुराम खनाल र स्वर्गीय बलराम बानियाको दाजु क्याप्टेन जगतबहादुर बानिया रहनुभएको छ । पत्रकार बानियाको परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषमा जम्मा गरिनेछ ।भानु नगरपालिका–१३ घर भएका स्वर्गीय बानिया कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो । २०७७ साउन २६ मा काठमाडौंको ढुंगेअड्डा तीनथानबाट हराउनु भएका बानियाको शव मकवानपुरको सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको थियो ।

बानियाको बाइलाइनमा कान्तिपुर दैनिकमा प्रकाशित भएको समाचारको विषयमा सम्पादकीय समुहबाट क्षमा याचना गर्नु परेपछि तनाव रहनु भएको बताइएको छ । दुई दशक भन्दा पहिलादेखि बानिया पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । बानिया सुशासन, कर्मचारीतन्त्र तथा राजनीतिको विषयमा कलम चलाउने हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्