पार्टीले उठाउने उम्मेदवार आधिकारिक मानेर जिताउन कोईरालाको आग्रह



यमलाल भुसाल, बुटवल ।

जीपी कोईराला फाउन्डेशन रुपन्देहीले विहिवार आयोजना गरेको एक कार्यक्रममा वीपी कोईरालाले अगाडी सार्नु भएको मेलमिलाप, सहमती सहकार्य र एकतालाई अग्रीकार गर्न नसक्दा मुलुकमा संकट उत्पन्न भएको खुलासा गरेका छन् । ११ औं स्मृती दिवशको अवसरमा गिरिजा प्रसाद कोईरालाको सान्दर्भिकता विषयक गोष्ठीमा वोल्नेहरुले मेलमिलाप, सहमती सहकार्य र एकतालाई व्यवहारमा लागु गर्न आह्वान गर्नु भएको थियो ।

जीपी कोईराला फाउन्डेशनकी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले पार्टीले जुन व्यक्तिलाई उम्मेदवार बनाउछ त्यही व्यक्तिलाई जिताउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले व्यक्ति ठुलो कुरा होईन संगठनको कुरालाइ सवैले मान्नु पर्छ भन्दै उहाँले संगठनको मर्यादा विपरित जानेलाई कारवाही गर्नुपर्ने धारणा राख्नु भयो ।

जीपी कोईराला फाउन्डेशन रुपन्देहीले विहिवार बुटवलमा आयोजना गरेको गिरिजा प्रसाद कोईरालाको ११ औं स्मृती दिवशको अवसरमा आयोजित गोष्ठीमा वोल्दै अध्यक्ष कोईरालाले विपी कोईरालले मार्ग दर्शन गर्नु भएको मेलमिलाप, सहमती सहकार्य र एकतालाई अग्रीकार गर्न नसक्दा मुलुकमा संकट उत्पन्न भएको खुलासा गर्नु भयो ।

जीपी कोईराला फाउन्डेशन रुपन्देहीका सभापति चिरन्जीवी पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पुर्व राजदुत सुरेश राज चालिसे, प्रकाश पोखरेल ,नेपाली काग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द ढकाल, प्रदेश सदस्य रमा अर्याल , खेलराज पाण्डे, गंगा शाही ,ज्योती भण्डारी यमलाल तिमिल्सीना लगायतले गिरिजा प्रसाद कोईराला शान्तिको यौद्धा भएकाले शान्तिका अग्रदुत भगवान बुद्धलाई सरह कोईरालालाई मान्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्