वसन्तले ल्याए पोखरेली झापाली (भिडिओसहित)



लोकप्रिय गायक तथा संगीतकार वसन्त सापकोटाको शब्द संगीत र स्वरमा पोखरेली झापाली बोलको गीत हालै भिडीयो सहित सार्वजनिक भएको छ। वसन्त सापकोटा युट्यव च्यानलमार्फत सार्वजनिक गरीएको गीतमा वसन्तको साथमा रचना रीमालको स्वर रहेको छ।

गीतको भीडीयोमा नायक पल शाह र मोडल क्रिस्टिना काफ्लेको आकर्षक नृत्य र अभिनय रहेको छ भने भिडीयोमा गायक वसन्त सापकोटा तथा गायिका रचना रीमाललाई समेत देख्न सकिन्छ।

भिडीयोमा दिपक आचार्यको निर्देशन, राजिभ समरको कोरीयोग्राफी अर्जुन तिवारीको छायाकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्