भद्रकालीस्थित सैनिक मुख्यालयमा आगलागी



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ । बुधबार दिउँसो आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकलको परिचालन गरिएको छ । क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्