बालुवाटारमा संसदीय दलको बैठक सुरु



न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकमा ओली पक्षका सांसदहरु मात्र उपस्थित रहेका छन् । यसअघि माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरु पनि बैठकमा उपस्थित हुने बताइए पनि उनीहरु बीच बाटैबाट सो पक्षको राष्ट्रिय भेलामा सहभागी हुन फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्