ओलीले बोलाएको संसदीय दलको बैठकमा वामदेव असहभागी



न्युज अफ नेपापल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा नजाने भएका छन्। गौतमनिकट स्रोतले जनाएअनुसार वामदेव गौतम प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने भएका हुन् ।

गौतमलाई बैठकमा सहभागी हुनको लागि मुख्य सचेतक विशाल भट्टराईले फोन गरेका थिए । तर, जवाफमा नेता गौतमले आफू नआउने बताएका थिए । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरु पनि ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्