एमालेमा विवाद देखिनु स्वभाविकै हो : अध्यक्ष प्रचण्ड



बुद्ध नेपाली, सिन्धुली ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटन गर्ने मनसाय प्रकट गरेको बताउनुभएको छ ।

प्रेस संगठन नेपाल,सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले आह्वान गरेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले पुनः संसद विघटनको मनसाय देखाएको बताउनुभएको हो ।‘सर्वदलिय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो । बंगलादेश भ्रमण लगाएतका बिषयमा जानकारी गराउनुभयो । तर प्रधानमन्त्री भने चै यो संसद नि चल्दैन, फेरि पनि त्यही संसद विघटनमै जानु पर्छ भन्ने खालले प्रस्तुत हुनभयो । यसले फेरि पनि राजनितिक दलहरुलाई चिन्तुत तुल्याएको स्थिती छ ।’ उहाँले भन्नुभयो ।

प्रचण्डले प्रधानमन्त्री ओली संविधान र लोकतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘ संविधानले समावेशी, समानुपातिक जसले महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लीम,मजदुर किसानहरुलाई केही मौलिक अधिकार दिएको छ । तर प्रधानमन्त्री ओली यसलाई सिध्याउने मनसायमा छन् ।’

अध्यक्ष प्रचण्डले नेपाली जनता धेरै सचेत भईसकको र राजनितिक दलहरु पनि असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध खडा भएकाले केपी ओलीको संविधान सिध्याएरै छाड्ने दुस्साहस पुरा नहुने जिकिर गर्नुभयो । उहाँले यसका लागि जस्तो सुकै संघर्ष गर्न तयार रहेको दावी गर्नुभयो ।

अब सरकार कसको नेतृत्वमा बन्छ त भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदकै लागि आफुले संर्घष नगरेको प्रष्टाउदै सहमतीमा सरकार निर्माण हुने बताउनुभयो ।‘ संसद विघटनको अन्दोलन चलेकै बेलामा सार्वजनिक रुपमै मैले प्रधानमन्त्री मै नै हुनु पर्छ र मेरै पार्टी बाटै हुनुपर्छ भन्ने छैन भनेको छु । अहिले पनि मेरो कुरा यही छ ’ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वको बिषयमा राजनितिक दलहरु्रसँग छलफल भईरहेकाले जुन राजनितिक दलहरुसँग सहमती हुन्छ उसकै नेतृत्वमा सरकार बन्ने बताउनुभयो । उहाँले भन्नुभयो एमाले भित्र अहिले देखिएको विवाद स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् । तत्कालिन नेकपा हुदाँ पनि ओलीले स्वाईच्छाचारी प्रवृक्ति देखाउकै कारण त्यसको विरुद्धमा माधव नेपाल र आफुले संर्घष गरेको भन्दै अध्यक्ष प्रचण्डले अहिले एमालेमा पनि ओलीले सोही प्रवृक्ति देखाए पछि पार्टीमा विवाद आउनु स्वभाविक नै रहेको बताउनुभयो ।‘ केपी जीले एमाले पार्टीको नेतृत्व गर्न भएको छैन । कथित केपी गुटको नेतृत्व गर्नुभएको छ । उहाँले फागुन २८ गते गर्नुभएको निर्णयले त जो कोहीलाई पनि आश्चर्यमा पारेको छ । केपी जीको जुन कार्यशैली छ ।

त्यसले गर्दा सर्घष हुन स्वभाविक नै छ।’उहाँले भुन्नुभयो । अध्यक्ष प्रचण्डले एमालेमा सत्य, न्याय, सहि विचार र विधिको जित होस् भन्ने चाहेको तर हस्तक्षेप गर्न भने नचाहेको बताउनुभयो । उहाँले एमालेका ईमान्दार कम्युनिष्टहरुले फेरि एकता प्रक्रियामा अगाडी बढ्न र कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध गर्न मदत गर्ने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशमा एमालेले समर्थन फिर्ता लिए पनि तत्काल प्रदेशका सरकार परिवर्तन नुहने उहाँले बताउनुभयो । केन्द्रमा सरकारको टुंगो लागेपछि मात्रै प्रदेश सरकारहरुको टुंगो लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्