राष्ट्रपति असस्वस्थ रहेको हल्ला चलाउने पक्राउ



नैरोबी,(एजेन्सी) ।

तान्जानियाली प्रहरीले राष्ट्रपति जोह्न म्यागुफुलीको स्वास्थ अवस्था खराव रहेको हल्ला चलाउने एकजना पुरुषलाई गिरफतार गरेको छ । यद्यपि विगत दुई साता भन्दा लामो समय देखि सार्वजनिक नभएका म्यागफुली अस्वस्थ रहेको वा घाइते भएको हुनुपर्ने भन्ने अपुष्ट समाचार विपक्षी नेताहरुले दिने गरेका छन् । पत्रकार सम्मेलनमा किनोन्डोनीका क्षेत्रिय प्रहरी आयुक्त रामाधानी किन्गाइले दार ए सलामको किनोन्डोनी क्षेत्रमा म्यागुफुली सिकिस्त अवस्थामा रहको झुठो खवर फैलाएको आरोपमा कम्तिमा एकजना नाम नखुलाइएका पुरुष पक्राउमा परेको जनाएका छन् ।

प्रधानमन्त्री हस्सन माजालिवाले उनी अस्वस्थ भएको वा उनले कोभिड १९ संग संघर्ष गरिरहेको भनाई अस्विकार गरेका छन् । साथै उनले राष्ट्रपति म्यागुफुलीले आफुलाई मुलुकका दक्षिणी शहर जोम्वेका वासिन्दालाई आफ्नो अभिवादन पु¥याइदिन अनुरोध गरेको र उनी निकै व्यस्त रहेको पनि बताएका छन् ।

म्यागुफुली अफ्रिकाकै कोरोना भाइरसलाई वेवास्ता गर्ने सबैभन्दा प्रतिष्ठित व्यक्तित्व मध्ये एक हुन् । गत वर्ष उनले तीन दिन सम्म गरिएको राष्ट्रिय प्रार्थनाले कोरोना भाइरसलाई तान्जानियाबाटै उन्मुलन गरिएको दावी गरेका थिए । उनले कोभिड १९ परिक्षण प्रति शंका व्यक्त गर्नुका साथै तान्जानियालीहरुलाई मास्क् लगाउन , सामाजिक दूरी कायम गर्न तथा खोप लगाउन निरुत्साहित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्