छोरीलाई प्रतियोगिता जिताउन खोज्दा प्रिन्सिपल खोरमा



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाको फ्लोरिडा राज्यको पेन्साकोला निवासी एक किशोरी र एउटा प्राथमिक बिद्यालयका सहायक प्रधानाध्यापिका रहेकी उनीकी आमालाई सो विद्यालयका सयौं बिद्यार्थीको फोकस नामक कार्यक्रमको एकाउन्ट ह्याक गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ५० वर्षिया लोरा रोज क्यार्रोलले आफ्नो राज्यमा १७ वर्षिया छोरी एमिली रोज ग्रोभरका लागि मिस व्युटीक्विन प्रतियोगितामा मत बटुल्नका लागि त्यसरी एकाउन्ट ह्याक गरेको बताएको छ ।आम छोरी दुवै विरुद्ध कम्प्युटर विरुद्ध अपराध गरेको , अवैध तरिकाले दोहरो संचार उपकरण तथा निजि परिचयात्मक सुचनाको गलत प्रयोग गरेको र षडयन्त्र रचेकोअभियोगमा मुद्धा दायर गरिएको छ ।

एस्काम्विया काउन्टी स्कूल डिस्ट्रिक्टले आफ्ना सयौ बिद्यार्थीहरुको फोकस एकाउन्ट अवैध ढंगले प्रयाग भएको पाइएको उजुरी गरेपछि गत नोभेम्वरमा फ्लोरिडा सुरक्षा विभागले विशेष अनुसनधान शुरु गरेको थियो । अनुसन्धानकर्ताहरुले बेलभ्यु इलेमेन्ट्री स्कूलका असिस्टेनट प्रिन्सिपल क्यार्रोल र उनकी टेट हाइस्कूलमा अध्ययनरत छोरीले विद्यार्थीहरुको फोकस एकाउन्ट ह्याक गरेको पत्ता लगाएका हुन् । क्यार्रोललको स्कूल बोर्डको फोकस प्रोग्राममा पहुँच रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्