अमेरिकाको एटलान्टा गोलीकाण्डमा एसियालीमूलका चार महिला मारिए



वासिंगटन,(एजेन्सी)  ।
अमेरिकाको जर्जिया राज्यको एउटा स्पा सेन्टरहरुमा भएको गोली काण्डमा आठ जना मानिसको ज्यान गएको छ । मारिने मध्ये अधिकांश एसियाली मूलका महिला रहेको बताइएको छ । प्रहरीका अनुसार एटालान्टाको उत्तरी उपनगर एकवर्थ स्थित एउटा मसाज पार्लर र यसै शहरका अन्य दुइवटा स्पा सेन्टरमा गोली चलेको हो ।

घटनाका केहि समय पछि दक्षिण कोरियाले मारिने मध्ये चारजना कोरियाली मूलको भएको दावी गरेको छ । अमेरिकी सरकारी अधिकारीहरुले घटनाको सिलसिलामा एकजना २१ वर्षिय युवकलाई गिरफतार गरिएको छ । सम्पूर्ण घटनामा यहि युवकको हात रहेको आशंका गरिएको छ । आक्रमण गरिनुको कारण थाहा हुन सकेको छैन । तर नियतवश एसियाली मूलका व्यक्तिहरुलाई छानी छानी गोली हानिएको हुनुपर्ने अनुमान गरिएको छ । कोभिड १९ संक्रमणको कारण मान्दै केहि महना यता एसियाली –अमेरिकी विरुद्ध घृणा अपराध बढ्दै गइरहेको छ ।

गत साता राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति जोय बाइडेनले अनावश्यक रुपमा एसियाली – अमेरिकीहरुलाई नानाथरि दोष र आरोप लगाउँदै घृणावश आक्रमण गरिने गरेकोमा कडा आलोचना गरेका थिए । स्थानिय समय अनुसार मंगलवार साँझ करिव ५ बजे चेरोकी काउन्टिको एकवर्थ स्थित यंग्स एसियन मसाजमा पहिलो गोली चलेको थियो ।प्रहरी प्रवक्ता जे बेकरका अनुसार त्यहाँ दुईजनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनालाई अस्पताल लगिएकोमा दुईजनाको उपचारकै क्रममा मृत्यु भएको थियो । उनले पछि मारिनेमा दुईजना एसियाली महिला , एकजना गोरा पुरुष र एक जना गोरा महिला रहेको तथा एकजना हिस्प्यानिक पुरुष घाइते भएको बताएका छन् ।

उक्त घटना घटेको करिव एक घन्टा पछि उत्तर पुर्वी एटलान्टा स्थित गाल्ड स्पामा लुटपाट मच्चिरहेको सुचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहाँ प्रहरीले तीनजना महिलाको गोली लागेको शव फेला पारेको थियो । त्यसको लगत्तै नजिकैको एरोमाथेरापि स्पमा अर्को एक महिलालाई गोली हानेर मारिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्हरीले मारिने चारैजना महिला एसियाली मूलका भएको पुष्टि गरेको छ । सिसिटिभिको अध्ययनपछि अनसन्धानकर्ताहरुले एउटा स्पा नजिक देखिएका एकजना आशंकित व्यक्तिको तस्वीर सार्वजनिक गरेका थिए । प्रहरीले व्यपाक खोजिको क्रममा एटलान्टा देखि करिव १ सय ५० माइल दक्षिणको क्रिस्प काउन्टिमा जर्जियाको उडस्टक निवासी रोवर्ट आरोन लोंग नामक युवकलाई गिरफतार गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्