थालिगडा सेमिफाइनलमा



विनोद सिंह विष्ट, बैतडी ।

दिव्या कार्कीको उत्कृष्ट अलराउन्ड प्रदर्शनले दशरथ चन्द नगरपालिका–६ थालिगडा बैतडीमा जारी चौथो उप–मेयर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।लगातार दोस्रो जित निकाल्ने क्रममा थालिगडाले दनपा ११ नागार्जुनलाई १ सय १८ रनको फराकिलो रन अन्तरले हराएको हो । थालिगडाले २ सय ३५ रनको विशाल लक्ष्य दिएकोमा नागार्जुनले १ सय १६ रन मात्रै बनाउन सक्यो ।

जसमा निर्मला भण्डारीले ३२ रनको योगदान गरे पनि हार टार्न सकेन । थालिगडाका लागि दमयन्ती ओडले ४ तथा दिव्या कार्कीले १ विकेट हात पारे ।त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको थालिगडाले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा २ सय ३४ रन बनायो । जसमा दिव्या कार्की र सुनिता लुहार दुवैले अर्धशतक बनाए । दिव्या ७३ रनमा र सुनीता ५६ रनमा अविजित रहेका थिए । नागार्जुनका निर्मला भण्डारीले १ विकेट हात पारिन् । खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी थालिगडाकी दिव्या कार्की ‘ओम्यान अफ द म्याच’ घोषित भइन् ।
यस्तै, अर्को खेलमा दनपा–४ खलंगाले दनपा–५ दशरथ चन्दलाई ९ विकेटले हराएको छ ।

दशरथ चन्दले दिएको ५८ रनको सामान्य लक्ष्य खलंगाले ९ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । जसमा ममता लेखक ३५ तथा ऋतु कनौजिया २१ रनमा नटआउट रहे । दशरथ चन्दका निलम टमटाले १ विकेट लिइन् ।त्यसअघि, पहिला ब्याटिङ गरेको दशरथ चन्दले १५ ओभरमा अलआउट हुँदै ५७ रन जोडेको थियो । दशरथचन्दका कुनै पनि ब्याट्स ओम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । खलंगाका गोमती भट्टले ३ तथा ऋतु कनौजिया र निशा भट्टले समान २÷२ विकेट झारे । ऋतु ‘ओम्यान अफ द म्याच’ चुनिइन् ।

प्रतिक्रिया दिनुहोस्