साबिक विजेता हेटौंडा फाइनलमा



हेटौंडा, (नेस)। 

साबिक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर, हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ को फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा ‘ए’ डिभिजन टिम मच्छिन्द्र क्लबलाई हराउँदै मकवानपुरले फाइनलमा स्थान बनाएको हो । हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान (फरेस्ट्री) खेलमैदान भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोलले हराउँदै आयोजक टिम फाइनलमा प्रवेश गरेको हो । मकवानपुरलाई जित दिलाउन अमिर श्रेष्ठले दुई, रुपेश केसी र रञ्जन विष्टले एक–एक गोल गरेका भने मच्छिन्द्रका सुजन उपरकोटी, अशोक थापा र राजेश परियारले गोल गरेका थिए ।खेलको १० औं मिनेटमा राजुको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो । तर, २० औं मिनेटमा रुपेशले गोल गर्दै खेल बराबरीमा ल्याए । ३५ औं मिनेटमा रञ्जनले मकवानपुरको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको मकवानपुरले दोस्रो हाफमा थप २ गोल गर्दा मच्छिन्द्रले पनि दुई गोल गरेको थियो ।

निकै रोमाञ्चक बनेको दोस्रो हाफमा मकवानपुरका अमिरले ४७ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर परे । ५० औं मिनेटमा मच्छिन्द्रका अशोकले गोल गर्दै ३–२ गोलअन्तरमा खुम्च्याएका थिए । ६४ औं मिनेटमा राजेशले मच्छिन्द्रलाई ३–३ बराबरीमा फर्काएका थिए । तर, त्यो बराबरी धेरै बेरसम्म टिक्न सकेन । मकवानपुरका अमिरले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–३ को जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका अमिर ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।प्रतियोगिता फाइनल प्रवेश गरेको मकवानपुरले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुबल क्यामरुन बीचको विजेतासँग शनिबार खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज बिहीबार हुनेछ

प्रतिक्रिया दिनुहोस्