वीरगन्ज–जीतपुर–सिमरा कोरिडोर अघि बढ्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले एसियाली विकास बैंक एडीबी को सहयोगमा प्रमुख व्यापारिक केन्द्र वीरगन्जमा महŒवपूर्ण कोरिडोर परियोजना सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर नामदिइएको उक्त परियोजना सफलभएत्यस क्षेत्रको आर्थिक विकासमाकायापलट हुने सरोकारवालाहरुको भनाई छ ।‘कोरिडोर योजनाको पहिचान र विकास’ सम्बन्धमा काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिले तीनै तहका सरकारबीच समन्वय गरेर उक्त परियोजनालाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय शहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधारमा तयार गरिएको राष्ट्रिय शहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई सरकारले समावेश गरेको छ ।

१५औं योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले वीरगन्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सके मात्र समग्र मुलुकको विकासमा थप टेवा पुगी समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो । वीरगन्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनाबद्ध ढंगले अघि बढाउन जरुरी रहेको भन्दै उहाँले त्यसका लागि केन्द्र सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

मन्त्री साहले भन्नुभयो–‘योजना सही भयो भने मात्र परिणाम पनि सही हुन्छ त्यसैले वस्तुवादी भएर कार्यक्रम कार्यान्वयनमा लैजान म सबैलाई सुझाव दिन्छु ।’ कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले उक्त कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक विकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताका लागि सबै पक्षको सहयोग र समन्वय महŒवपूर्ण हुने धारणा राख्नुभयो । स्थानीय सरकारसँग साझेदारी नगरेसम्म कुनै पनि परियोजना सफल हुन नसक्ने भन्दै उहाँले तीन तहकै सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारले सडक पूर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमा पनि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले कोरिडोरको सिमांकन गर्दा स्थानीय पालिकाहरुबीच समन्वय गर्नुपर्ने बताउनुभयो । जीतपुर सिमराकी उपप्रमुख सरस्वतीदेवी चौधरीले भविष्यमा हुने सक्ने सवारी चापलाई मध्यनजर गरी कोरिडोर निर्माणको योजना बनाउन सुझाव दिनुभयो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सबैको अपनत्व हुने गरी परियोजना सञ्चालनको खाकालाई मूर्तरुप दिइने बताउनुभयो ।महानिर्देशक प्याकुरेलले सरोकारवाला निकायबाट आएका सुझावलाई समेटेर कार्ययोजना तयार पारिने जानकारी दिनुभयो ।शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कुमार घिमिरेले सबै पक्षको सहयोगले मात्र कार्यक्रम कार्यान्वयनमा लैजान सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्