एलिजाबेथलाई कंगनाको समर्थन



बलिउड अभिनेत्री कंगना रनावत बेला–बेला फिल्मबाहेक अन्य विषयमा आप्mनो मत राख्ने गर्छिन्। कुनै अभिव्यक्तिबाट प्रशंसा पाउने उनी कुनै बेला भने ट्रोल र विवादमा पर्छिन्।

कंगना फेरि फिल्म क्षेत्रभन्दा परको बेलायतकी महारानी एलिजाबेथ द्वितीय र शाही परिवारबीच चलिरहेको विवादमा मुख खोलेका कारण ट्रोलको शिकार भएकी छिन्। कंगनाले बेलायतकी अधिराजकुमारी मेगल मार्कलको एक अन्तर्वार्तालाई लिएर महारानी एलिजाबेथको समर्थनमा एक ट्विट गरेकी थिइन्। उनले लेखेकी छन्– ‘पछिल्लो राजकुमार ≈यारी र उनकी पत्नी मेगलको विवादित अन्तर्वार्तालाई लिएर मानिसहरुले गसिप बनाए। जर्जले एकतर्फको मात्र कुरा सुनेर कसैको परिवारप्रति धारणा बनाए। मैले त्यो अन्तर्वार्ता हेरेकी छैन। किनभने मलाई सासूबुहारीको झगडामा कुनै चासो छैन। तर, म यही भन्न चाहन्छु कि दुनियाँमा केवल एक महिला शासक बचेकी छिन्।’

कंगनाले रानी एलिजाबेथलाई समर्थन गर्दै लेखेकी छिन्– ‘उनी एक आदर्श आमा, पत्नी या बहिनी होइनन् होलिन्। तर, उनी महान् रानी अवश्य हुन्। उनले शासकको ताजलाई कुनै छोराले भन्दा पनि सही तरकिाले सम्हालेकी छिन्। उनलाई रानीकै रूपमा रिटाएर्ड हुन देऊ।’ कंगना यो ट्विट गर्ने बित्तिकै उनी ट्रोलरको निशानामा परेकी छिन्। धेरैले उनलाई भारतमा वर्र्षाैंसम्म शासन गरेका अंग्रेजहरुलाई कंगनाले आज पनि मालिक सम्झेको आरोप लगाएका छन्। केहीले कंगनालाई आप्mनो काममा ध्यान दिन सल्लाह दिएका छन्।

केही दिनअघि मेगन मार्कलले एक अन्तर्वार्तामा बेलायती शाही परिवारलाई गम्भीर आरोप लगाएकी थिइन्। मेगलले शाही परिवारले उनलाई बुहारी बनाउन नचाहेको र मेगलको बच्चा कालो वर्णको जन्मनेमा शाही परिवार चिन्तित रहेको बताएपछि मानिसको मत दुई पक्षमा विभाजन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्