रविनको रचनामा दीपको स्वर



ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठको स्वर तथा अमेरिकामा रहँदै कार्टुनिस्ट एवं गीतकार रविन पियाको शब्द रहेको मायामा धेरै धेरै बाँचिसकें बोलको गीत हालै म्युजिक भिडियोसहित अमेरिकाबाट सार्वजनिक भएको छ।

गीतमा संगीत भने सुरेन्द्र मुखियाकले भरेका छन्। अमेरिकाको टेक्सासस्थित अस्टिनको रमणीय स्थानमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा अमेरिकामा रहँदै आएका मोडल सुवेचन श्रेष्ठ, सेलिका सुनार र गीतकार पियाले अभिनय गरेका छन्। म्युजिक भिडियोमा एक प्रेमीले मायामा आफ्नो अनुभव प्रेमीकासामु व्यक्त गरेको देखाइएको छ।

भिडियोमा बीबी फुयाँलको निर्देशन रहेको छ भने रविन पियाको छायांकन तथा अक्की शर्माको सम्पादन रहेको छ।
नेपालमा रहँदा कार्टुन चित्रकारका रूपमा समेत ख्याति कमाएका रविन पियाले जीवनका भोगाइहरुलाई आत्मसम्मत गर्दै आफ्ना गीतहरूमा व्यक्त गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्