जुम्लामा दिनेशको प्रकाश



माता निर्देशक दिनेश रावतको निर्देशनमा बन्ने फिल्म प्रकाशको शुभमुहूर्त गरिएको छ। फिल्मका कलाकार तथा प्राविधिकहरुले मनकामना मन्दिर पुगेर पूजाआजा गरी फिल्मको शुभमुहूर्त छोपेका हुन्।

फिल्मको शुभमुहूर्त गरेपछि यसको टिम छायांकनका लागि जुम्ला पुगेको छ। चक्लेटी नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्मले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने निर्देशक रावतले बताए। फिल्ममा प्रदीपको जोडीका रूपमा रेनु योगीले डेब्यु पाउने भएकी छिन्। यसबाहेक फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारले अभिनय गर्नेछन्। फिल्म विनिश इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गर्नेछन् भने राजेश श्रेष्ठले खिच्ने फिल्मको कथा विकास सुवेदीले लेखेका छन्।

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्मका लागि ताराप्रकाश लिम्बु, एलिशा कार्की र दीपक शर्माले संगीत तयार पारेका छन्। फिल्ममा उत्तम न्यौपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ। २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्म्स्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएको छन्।

प्रतिक्रिया दिनुहोस्