तीन सय युवालाई उद्यमी बनाउदै युवा परिषद्



भूपराज बस्याल, काठमाडौं ।

राष्ट्रिय युवा परिषदको नेतृत्व र चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको सहकार्यमा ३ सय युवाहरूलाई उद्यमी बनाउने अभियान सुरु भएको छ । युवा परिषदले चालेको यो अभियानमा १२ सय जनाले उधमी बन्न चाहना गरेपनि उनिहरुबाट छनोट गरिएका ३ सय जनालाई उधमी बनाउने योजना स्वरुप बुधबारबाट एक हप्ते युवा उधमी तालीम सुरु गरिएको छ ।

उक्त तालिम लिइएकाहरुलाई नेपाल बैंकले बिना धितो लोन प्रदान गर्ने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताउनुभयो । उहाँले तालीम प्राप्त युवाले सहुलियत कर्जा पाउने पनि उल्लेख गर्नुभयो ।

तालीम सम्पन्न भएपछी उहाँहरुले प्रस्तुत गरेको व्वासायिक योजनाका आधारमा नेपाल बैंक लिमिटेडले तीन सय जनालाई बिना ब्याज तीन लाख रुपैयाँ बाराबरको सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने परिषद्ले जनाएको छ ।

प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोडनुका साथै युवाको व्यवसाय प्रस्तावनाको आधारमा कर्जा प्रवाह गरिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलको भनाइ छ । नेपाल बैंक लिमिटेडका डिपुटी सीईयो प्रकाश अधिकारीले आवश्यक कागजपत्र तथा प्रकृया पूरागरी आएका प्रस्ताव हेरेर कर्जा उपलव्ध गराइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्