एमालेद्वारा कर्णालीका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट बनेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रीहरुलाई फिर्ता हुन पाँच दिने म्याद पनि तोकिएको जनाएको छ । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई फिर्ता बोलाइने छ । । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्