हिसा पिडित महिलाको व्यवस्थापन सम्वन्धि अधिकार मंञ्चद्धारा अन्तरक्रिया



बासुदेव शर्मा, जाजरकोट ।

महिला अधिकार मंञ्च जाजरकोटले लैगिक तथा घरेलु हिसा पिडित महिलाहरुको लागी अल्पकालिन आश्रम सहितको जिल्ला सेवा केन्द्र संचालन व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । महिला अधिकार मंञ्च जाजरकोटको आयोजनामासदरमुकाम खलंगामा अल्पकालिन आश्रय सेवा केन्द्र संचालन र व्यवस्थापनको लागी सरोकारवालासग अन्तरक्रिया गरेको हो ।

लैगिक तथा घरेलु हिसाबाट प्रभावित महिला बालबालिकाको सुरक्षा र न्यायमा पहुँचका लागी सदरमुकाम खलंगामा अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र स्थापना गरेको महिला अधिकार मंञ्च जाजरकोटले जनाएको छ ।सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा स्थापना भएको जिल्ला सेवा केन्द्रमा लैगिक तथा घरेलु हिसाबाट प्रभावित महिला बालवालिकालाई स्थानिय तह अथवा वडा कार्याल, महिला संन्जालको सिफारिस अनुसार पिडितलाई भोजन, बाँस, कानुनी, स्वास्थ्य र परार्मश सेवा प्रदान गर्ने महिला अधिकार मञ्च जाजरकोटका अध्यक्ष सोभा सिहले बताउनु भयो ।महिला बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला अधिकार मंञ्चले जिल्ला सेवा केन्द्रबाट सहयोगपेक्षी ३ जना महिलालाई आवास,भोजन, स्वास्थ्य र कानुनी परार्मश सेवा दिएर परिवारसग पुर्नमिलन गरेको अध्यक्ष सिहको भनाई छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष देखि संचालन गरेको अल्पकालिन आश्रयको जिल्ला सेवा केन्द्र स्थापना कार्यक्रमको उद्धेश्य मानसिक शारिरीक रुपमा परिवारसग विछोड भएर सडक पेटीमा जिवन निर्वाह गर्दै आएका महिला बालबालिकालाई स्वास्थ्य तथा मनोपरार्मश सेवा दिनुको साथै कानुनी परार्मश दिएर परिवारसग पुर्नमिलन गराउने रहेको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुरबस्नेतले जानकारी दिनु भयो ।प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले स्वास्थ नागरिक उत्पादन,सडकपेटी लगाएत हिसामा परेका महिला बालबालिकाहरुलाई उद्धार गर्ने नेपाल सरकारको नीति कार्यक्रम भएकाले अल्पकालिन नभएर दिर्घकालिन रुपमा जिल्ला सेवा केन्द्र संचालन गर्न सुझाव दिनु भएको थियो ।

भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारी, प्रहरी निरिक्षक यम बहादुर मल्ल भेरी नगरपालिका महिला तथा बालबालिका निरिक्षक शारदा शर्माले आगामी दिन देखी जिल्ला सेवा केन्द्रले पिडित महिला बालबालिकाहरुलाई उद्धार गरि सहयोग गर्ने बताउनु भएको थियो । महिला बालबालिकासगै काम गरिहरेको हुदाँ उक्त कार्यमा सहयोग गर्ने सरोकारवालाहरुले भनाई छ ।

प्रतिक्रिया दिनुहोस्