राष्ट्रिय वाणिज्य बैंकले कर्जाको प्रिमियम दर घटायो



काठमाडौं, (नेस)  ।

राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सबै व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम् प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको छ । बैंकले

नयाँ तथा पुराना ग्राहकको लागि व्यावसायिक कर्जामा रहेको ३ दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २ दशमलव ७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो ।बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालू पुँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्