लाङटाङ राष्ट्रिय निकुञ्जका होटलको टेन्डर शुरू



रसुवा, (नेस)  ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र सञ्चालन भएका होटल तथा लजको टेन्डर प्रक्रिया शुरू भएको छ । आगामी साउनदेखि टेन्डर निकाल्ने प्रक्रिया अघि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले बताउनुभयो ।

भूकम्प जानुभन्दा पहिले ५५ वटा होटल सुचारु थिए । भूकम्पपछि निकुञ्जले चारवटा होटलसँगको सम्झौता रद्द गरेको थियो । गोसाईकुण्ड रुटमा १३ वटा लाङटाङ रुटमा २२ ठाडेपाटी रुटमा १६ वटा होटल सञ्चालनमा छन् । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र ५१ वटा होटल लज तथा चिया पसल सञ्चालन भएकोमा उनीहरुले गे्रड अनुसार वार्षिक रुपमा निकुञ्ज लाई राजस्व बुझाउनुपर्छ । ‘क’ वर्गको होटलले एक लाख २० हजार ‘ख’ वर्गका होटलले ९० हजार ‘ग’ वर्गले ६० हजार र ‘घ’ वर्गकाले २० हजार रुपियाँ राजस्व तिर्नुपर्छ ।

यी चार वर्गका होटललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ ।आर्थिक वर्ष २०७६÷७७ मा यी होटलले ४ करोड ८६ लाख ५९ हजार ८ सय १६ रुपियाँ राजस्व बुझाउनुपर्नेमा ३ करोड ४५ लाख ५७ हजार ९ सय ५ रुपियाँ बुझाएका छन् । विगत एक वर्षदेखि थला परेको यस रुटमा विदेशी कम छन भने आन्तरिक पर्यटक दैनिक ६० देखि एक सय जनाको हारााहारीमा गोसाईकुण्ड जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्