सात महिनामा व्यापार घाटा ७३३ अर्ब

निर्यात बढ्यो, आयात घट्यो



नेपाल समाचारपत्र, काठमाडौं  ।

चालू आर्थिक वर्ष २०७७-७८ को सात महिनामा कुल वस्तु निर्यात ७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

भारत तथा अन्य मुलुकतर्पm क्रमशः १० प्रतिशत र ४ दशमलव ९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४७ दशमलव ७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायतका वस्तुको निर्यात घटेको छ । सात महिनामा कुल वस्तु आयात भने शून्य दशमलव शून्य १ प्रतिशतले वृद्धि भई ८०३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३ दशमलव ६ प्रतिशतले घटेको थियो ।भारतबाट भएको आयात ७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२ दशमलव ४ प्रतिशत र १० दशमलव ८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाई जहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपूर्जा, टेलिभिजन तथा पार्टपूर्जालगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगन्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा शून्य दशमलव ७ प्रतिशतले घटेर ७३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ दशमलव ३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियोयसैगरी समीक्षा अवधिमा चालू खाता १०१ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १०६ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।

पुँजीगत ट्रान्सफर ५ दशमलव ७ प्रतिशतले घटेर ७ अर्ब ८३ करोड रुपियाँ कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव ३ प्रतिशतले घटेर ९ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्