कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ उनका स्वकीय सचिव पुष्कर पाण्डेले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ ।

उनले भने , ‘केही मिडियाले गलत समाचार लेखे । यसले तनाव बढाएको छ । उनको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ । पाण्डेका अनुसार नेता जोशीमा ब्रेनमा समस्या छ, रक्तचाप न्यून रहेको छ, फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर छ । नविन्द्र राज जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको मंगलबार राती जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्