उप–मेयर कपमा थालिगडा विजयी



विनोद सिंह विष्ट, बैतडी  ।

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि चौथो संस्करणको उप–मेयर कप क्रिकेट प्रतियोगिता शुरू भएको छ ।मंगलबार उद्घाटन खेलमा दशरथचन्द नगरपालिका वडा नं ६ थालिगडा विजयी भयो । थालिगडाले साविक विजेता वडा नं २ देहिमाडौंलाई २१ रनले पाखा लगाएको हो । थालिगडाले दिएको १ सय ४३ रनको लक्ष्यमा देहिमाडौंले १ सय २२ रन मात्रै बनाउन सक्यो । जसमा बबिता बोहराले सर्वाधिक २३ रनको योगदान दिइन् । थालिगडाका पूजा कार्की र दमयन्ती ओडले समान २÷२ विकेट हारे पारे ।

त्यसअघि, दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको थालिगडाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनायो । जसमा ललिता चन्दले १९, दमयन्ती ओडले १८ र पुजा कार्कीले १३ रन बनाए । देहिमाडौंका बबिता बोहराले सर्वाधिक ३ विकेट लिइन् । खेलमा देहिमाडौंका बलरले ३७ रन अतिरिक्त खर्चिएका थिए । थालिगडाकी पूजा कार्की ‘ओम्यान अफ द म्याच’ घोषित भइन् ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्