इजिप्टको स्पर्धामा नेपालकी सुन्दरी



मिस इको इन्टरनेसनल नेपाल अनुश्मा रायमाझी इजिप्टमा हुने मिस इको इन्टरनेसनल २०२१ मा सहभागी हुन त्यसतर्फ लागेकी छिन्। ६० भन्दा बढी देशका इको सुन्दरीको सहभागिता रहने प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म चल्नेछ।

२१ वर्षीय रायमाझीले प्रतियोगितामा मौलिक नेपाली पहिरनका साथमा देशका सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागिता जनाउने बताइन्। कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी छन्। मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले नेपाली प्रतिनिधिका रुपमा उनलाई सो प्रतियोगितामा सहभागी बनाएको हो।

प्रतियोगिताका लागि विभिन्न प्रशिक्षणलगायतको आवश्यक तयारी गरेकी रायमाझीमार्फत यसपटक अवार्ड नेपाल भिœयाउने लक्ष्य रहेको ग्रीन आर्ट मिडियाका सीईयो प्रविन लाकौलले बताए। मिस इको इन्टरनेसनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो। यसको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस्