बालविवाह रोक्न सडकमा नाटक



गुल्मी, (नेस)।

समाजमा भइरहेको बढ्दो बालविवाह अन्त्यका लागि गुल्मीको मालिका गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम शुरुआत गरेको छ। गाउँपालिकाभित्र रहेका विभिन्न स्थानमा सडक नाटकमार्फत बालविवाह अन्त्यका लागि कार्यक्रम शुरुआत गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।

आर्थिक र सामाजिक हिसाबले पछाडि परेको मालिका गाउँपालिकामा बालविवाह बढ्दो क्रममा रहेको छ। उमेर नपुगी विवाह गर्दा विभिन्न समस्या देखापर्दै जान थालेपछि गाउँपालिकाले बालविवाह अन्त्यका लागि सडक नाटकमार्फत जनचेतनामूलक कार्यक्रम गर्न थालेको हो।गाउँपालिकाका अधिकांश ग्रामीण बस्तीमा बाल विवाहले जरा गाडेको छ।

सडक नाटकमा कलाकारले उमेर नपुगी विवाह गर्दा हुने कानुनी तथा स्वास्थ्य असरको बारेमा सन्देशमूलक प्रस्तुति दिने गरेका छन्। सचेतनामूलक सडक नाटकमा पालिकाभित्रका १५ वर्षदेखि २० वर्षभित्रका युवायुवती, स्थानीय राजनीतिक दल, शिक्षक तथा स्थानीयको सहभागितामा कार्यक्रममा समावेश गरिएको छ। नाटकमा बालविवाहले पार्ने समस्याका बारेमा चित्रण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्